मुख्य उपलब्धीहरु

ं पुनर्वास कार्यक्रमबाट वितरण गर्न बांकी जग्गा र फुटकर जग्गाहरुमा समेत आवश्यक पध्रर्वाधार तयार गरी झापाको पृथ्वीनगर, सर्लाही पांचकमार, नवलपरासीको रजहर, गौतमबुद्ध, बांकेको खजुरा, बर्दियाको ताराताल, कविलबस्तुको गोरुसिङ्गे, कैलालीको जुगेडा र फुलबारी, कंचानपुरको बाईसीबिछुवा, लालझाडी, कालिका त्रिभुवनबस्ती र परासन क्षेत्रमा घडेरीहरु वितरण गरी आवास कार्यक्रम संचालन गरिएको छ । हाल सम्म पनि जारी नै रहेको छ ।

ं नेपाल सरकारको मन्त्रिपरिषद् को २०४९।७।२७ को निर्णयानुसार कम्पनीलाई प्राप्त भएको झापा कांकडभिट्टाको ६० विगाहा, सर्लाही सुखेपोखरीको १६० विगाहा, नवलपरासी बर्दघाटको ६० विगाहा त्रिवेणीको ६० विगाहा र कपिलबस्तु ईमिलियाको १३ विगाहा जग्गा क्षेत्रमा कम्पनीबाट गुरु योजना तयार गरी आवास कार्यक्रम संचालन भै सकेको छ ।

ं २०७१ आषाढ मसान्त सम्म कम्पनीबाट संचालित योजना क्षेत्र र आवास क्षेत्रहरुमा २५,२३८ घडेरी र फुटकर जग्गा विक्री वितरण भैं सकेको छ ।

ं कम्पनीबाट कास्कीको लेखनाथ नगरपालिकामा ४० रोपनी, झापाको महेशपुरमा १८ विगाहा, मा अवासिय कार्यक्रम संचालन भै सकेको र मेची नगर नगर पालिका जोरसिमलमा २४ विगाहा जग्गा खरिद गरी आवास कार्यक्रम संचालन भैरहेको छ । काभ्रेको धुलिखेल नगरपालिका श्रीखण्डपुरमा २०५८ सालमा खरिद भएको ५४ रोपनी जग्गामा चालु.आ.व.मा आवास कार्यक्रम संचालन गर्ने लक्ष्य राखिएको छ ।

ं हाल झापाको कांकडभिट्टा, नवलपरासीको माकर, बर्दियाको ताराताल, कंचनपुरको त्रिभुवनबस्ती समेत ४ स्थानमा योजना कार्यालयहरु संचालनमा रहेका छन् । काभ्रेको धुलिखेल नगरपालिका ९ श्रीखण्डपुरमा ०६९ मार्ग १ गते देखि योजना कार्यालय स्थपना भई कार्य संचालन भएको छ ।

ं आवास कार्यक्रम संचालन भएको क्षेत्रको घडेरी विक्रीबाट प्राप्त रकमको २५% रकम खर्च गरी आवास क्षेत्रहरुमा कम्पनीको नीति अनुसार आवश्यक पध्रर्वाधार एवम् विकास निर्माण कार्यहरु गर्ने कार्य भएको छ ।

ं सरकारी ऐलानी पर्ती जग्गा र राजमार्ग छेउछाउका वन क्षेत्र अतिक्रमण गरी अव्यवस्थित रुपले बसोवास गरी राखेको जसलाई वन कार्यालयहरुबाट अतिक्रमण पनि हटाउन नसकेको क्षेत्रहरुमा स्थानिय स्तरबाट माग समेत भए अनुसार कम्पनीबाट पध्रर्वाधार तयार गरी व्यवस्थित आवास कार्यक्रम संचालन गर्न कम्पनीबाट भौतिक योजना तथा निर्माण मन्त्रालय मार्फत वन मन्त्रालय र भध्रमिसुधार तथा व्यवस्था मन्त्रालयमा विभिन्न स्थानको जग्गा माग गरी विगत लामो समय देखि कारवाही भै राखेको छ ।

नियम विनियमहरुमा सुधार :–
ं समयानुकुल नियम विनियममा सुधार गर्ने क्रममा यस कम्पनीको निम्नलिखित विभिन्न नियम विनियममा सुधार गरिएको छ ।
ं प्रबन्ध पत्र तथा नियमावलीमा सुधार गरी कम्पनी रजिष्ट्रार कार्यालयबाट स्विकृती प्राप्त भई सकेको छ ।
ं कर्मचारी सेवा शर्त विनियमावली, २०४९ (संशोधन सहित, २०६५) लाई पुनः परिमार्जन गर्न संचालक  समितिबाट निर्णय भई शहरी विकास मन्त्रालयमा स्वीकृतीको लागि पेश भई प्रकृयामा रहेको छ ।
ं फुटकर जग्गा विक्री सम्बन्धी विनियमावली, २०६९ (प्रथम संशोधन, २०७०) लागु भएको छ ।
ं आर्थिक विनियमावली, २०६८ परिमार्जन गरि स्वीकृति भई लागु भईसकेको छ ।
ं यस कम्पनीमा नेपालको कम्पनी ऐन, २०६३ एवं सो संग संशोधित ऐन नियम लागु     हुनेछ
ं संचालक समितिबाट समय–समयमा भए गरेका नीतिगत निर्णय लागु हुने  छ ।
ं सामाजिक संघ संस्थालाई जग्गा उपलब्ध गराउन सम्बन्धि विनियमावली तयारी भै रहेको छ ।