Achievements

कम्पनीद्धारा संचालित विकास कार्यक्रमबाट प्राप्त अन्य उपलब्धिहरु:

- देशमा वढ्दो जनसंख्याको कारण वढ्दै गैरहेको आवासको राष्ट्रिय आवश्यकता पध्ररा गर्ने कार्यमा सहयोग पुग्न गएको छ  ।

- आवासको लागि सुविधायुक्त घडेरीको आवश्यकता भएका र खासगरी मध्यम र न्यध्रन आय वर्गका परिवारलाई प्रत्यक्ष लाभ पुग्न गएको छ ।

- ग्रामीण क्षेत्रमा योजनावद्ध बजार केन्द्रहरुको विकास भै रहेको छ ।

- सुविधायुक्त आवासको लागि ग्रामीण क्षेत्रबाट वसाई सरी शहरी क्षेत्रमा वढ्ने जनचापलाई केहि हद सम्म कम गर्न मद्दत पुगेको छ ।

- कम्पनीका योजना स्थलहरुमा र अन्यत्र पनि वर्षाै देखि अव्यवस्थित रुपमा वसोवास गर्दै आएका निम्न स्तरका परिवारहरुको आवासको व्यवस्था भएको छ ।

- वातावरण स्वच्छ र स्वस्थ राख्न चेतना जगाउने एवं वृक्षारोपण कार्यवाट वातावरण संरक्षणमा सहयोग पुग्न गएको   छ ।

- आवास तथा बजार क्षेत्रमा खडा गरिएका पध्रर्वाधारहरुवाट सरकारको आवास कार्यक्रमको साथै योजना क्षेत्रका जनताका अतिरिक्त आसपासका वासिन्दाहरुलाई समेत प्रत्यक्ष एंव अप्रत्यक्ष लाभ पुगेको छ ।

- योजनावद्ध रुपमा विकास गरिएका घनावस्ती कार्यक्रमबाट आर्थिक एवं सामाजिक सेवाहरु पु¥याउन सहज भएको छ ।

- लामो समयदेखि अव्यवस्थित रुपमा रहेका आवास तथा बजार क्षेत्रहरुलाई कम्पनीले व्यवस्थित एवं योजनावद्ध रुपमा विकास गरी दिनाले नेपाल सरकारलाई राजस्व वृद्धिका साथै समस्या समाधानमा सहयोग पुग्न गएको  छ ।

- कम्पनीद्धारा संचालित आवास तथा बजार क्षेत्र विकास कार्यक्रमले ग्रामीण क्षेत्रलाई नगर क्षेत्रमा परिणत गर्न आवश्यक पध्रर्वाधारहरु श्रृजना हुन गएका छन् ।

- आवास क्षेत्रमा साझा, सहकारी एवं वैङ्कहरुको स्थापनामा सहयोग पु¥याईएवाट जनता एवं वित्तीय संस्थाहरुको आर्थिक कारोवारमा अभिवृद्धि भएको छ ।

- शान्ति तथा पुनः निर्माण मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, फुलर सेन्टर र आस्था प्रविधि केन्द्रको आर्थिक र प्राविधिक सल्लाहबाट कंचनपुर जिल्लाका पराशन र त्रिभुवनबस्तीमा कम लागतको घर निर्माण गरी द्वन्द्व, बाढी पीडित परिवारहरुको लागि ८१ वटा घर निर्माण गरी वितरण गरिएको छ । जसले गर्दा घरबार विहिनले घर पाएको छ भने नेपालको भध्र–भाग भारतीय सिामानासंग जोडिएकोले ती जग्गाहरु पनि सुरक्षित भएक