आर्थिक गतिविधि

आ.व. २०६५।०६६ देखि आ.व. २०६९।०७० सम्म कम्पनी नाफामा रही हालसम्म संचित मुनाफा रकम रु. ४ करोड ७२ लाख ९१ हजार रहेको छ । आ.व. ०७०।०७१ को अन्तिम लेखापरीक्षण भै रहेको र सो आ.व. मा समेत कम्पनी नाफामा रहने देखिन्छ ।

साविक पुनर्वास कम्पनी देखि स्थायी कार्यरत कर्मचारीको दायित्व धेरै न्यध्रन रहेको र नागरिक लगानी कोषमा रु.१ करोड ६ लाख ५७ हजार८ सय ४८ रुपैया सुरक्षित गरिनुका साथै स्थायी कर्मचारीहरुमा रु.२३ लाख ९३ हजार ८ सय ७९ कर्जा प्रभाव गरिएको  छ ।

मुक्त कमैयालाई कम्पनीको कैलालीको मुढा र बर्दियाको तारातालमा रहेको जग्गा वितरण भएको उक्त जग्गाको पाउनु पर्ने मुआब्जा रकम रु.३,३१,९३०००।– मध्ये रु.२ करोड मात्र प्राप्त भएकोले बांकी रु.१,३१,९३,०००।– उपलब्ध गराउन सम्बन्धित निकायमा पहल भई राखेको छ ।

नवलपरासी दुम्कौलीको ६ विगाहामा स्थानीय प्रशासनबाट बाढीपीडित परिवारहरुलाई बसोवास गराएकोले उक्त जग्गाको मुआब्जा रकम रु.७१,५३,०००।– उपलब्ध गराउन गृह मन्त्रालयमा कारवाही भई राखेको  छ ।

झापा काकरभिट्टा क्षेत्रमा दुरसंचार संस्थानले प्रयोग गरेको २ कट्ठा जग्गाको मध्रल्याङ्कन मध्रल्य रकम रु.९३,००,०००।– प्राप्त गर्नको लागि कारवाही भई राखेको छ ।

 कम्पनीले कुनै पनि संघ संस्था संग ऋण नलिएको र वर्तमान अवस्थामा ऋण दायित्व छैन् ।

आ.व. २०६९।०७० मा स्वतन्त्र विज्ञ परामर्शदाता बाट कम्पनीको सम्पत्तिको मध्रल्यांकन गराउँदा निम्नानुसार मध्रल्याकंन भएको र सो लाई नियमानुसार लेखाकंन गरिएको छ ।

क)    भवन र ज.द.ध.प्र.पुर्जा भएको जग्गाको मध्रल्याकंन    रु.२,५८,५६,६७,४२४।५२
ख)    फुटकर जग्गा (पुनर्वास कार्यक्रम अन्र्तगत वितरण      रु.९४,५०,४६,१९५।–
         भै बांकी रहेका अतिक्रमित जग्गाहरु)
                                                    जम्मा                 रु.३,५३,०७,१३,६१९।५२
            
आ.व. २०६९।०७० सम्मको संचित नाफाबाट नेपाल सरकारलाई १५५ लाभांश वापत रु.७०,९३,६९४।— भुक्तानी गरिएको छ ।

कम्पनीले खुद  आम्दानी को २५५ आयकर एंव वुझाउनु पर्ने पारिश्रमिक कर, घर वहाल कर, सम्पतीकर,मालपोत कर आदी नियमित वुझाउदै आएको छ ।

कम्पनी स्थापना काल २०४६ साल देखि नै नियमानुसार आयकर वुझाउदै आएको तर कर चुक्ता प्रमाण पत्र लिन नसकेको मा यस वर्ष कर चुक्ता प्रमाण पत्र प्राप्त गरेको छ ।

कम्पनीले वार्षिक रुपमा साधारण सभा सम्पन्न गरि कम्पनी रजिष्ट्रार कार्यालयमा अधायावधिक हुदै आएको छ ।