निस्कर्ष तथा सिफरिसहरु

भूमिका
राष्ट्रिय आवास कम्पनीका लागि प्रस्तावित यस व्यवसायिक कार्ययोजनाको उद्देश्य आवास विकासका क्षेत्रमा कम्पनीको व्यवसायिक संलग्नता बढाउदै यसक्षेत्रमा भरपर्दो संस्थागत् निर्माणकर्ता तथा व्यवसायिक संस्थाकारुपमा स्थापित गर्न सस्थागत् मार्गचित्र तैयार गर्नु रहेको छ । प्रस्तावित व्यवसायिक कार्ययोजना राष्ट्रिय आवास कम्पनीकालागि शहरी तथा ग्रामीणक्षेत्रमा आवास विकासमा चरणवद्ध संलग्नता विस्तार गर्न स्पष्ट अवधारणा सहितको उपयोगी दस्तावेज हुने अपेक्षा गरिएकोले व्यवसायिक कार्ययोजनको प्रस्ताव तैयार गर्नेक्रममा यथार्थपरक तथा कार्यन्वयन गर्नसकिने कार्ययोजनाको प्रारुप तैयार गर्ने प्रयास गरिएको छ । यस खण्डमा प्रस्तावित व्यवसायिक कार्ययोजनाका विभिन्न पक्षहरु – संस्थागत सुधार, व्यवसाय विकास तथा कार्ययोजना कार्यान्यवयन प्रक्रियाहरुसंग सम्बन्धित निस्कर्ष तथा सिफारिसहरु प्रस्तुत गरिएका छन ।

५.२.मह्त्वपूर्ण निष्कर्षहरु
कम्पनीको व्यवसायिक कार्ययोजना तैयारगर्नेक्रममा संस्थागत सुधार तथा व्यवसाय विकाससंग सम्बन्धित विश्लेषणका महत्वपध्रर्ण निष्कर्षहरु निम्नानुसार रहेका छन् :-

क) राष्ट्रिय आवास कम्पनीको संस्थागत् विकासको प्रक्रियाको विश्लेषणले संस्थाको हालको न्यध्रन व्यावसायिक संलग्नताको प्रमुख कारण कम्पनीको पुववर्ति संस्थाहरु क्रमशः नेपाल पुनर्वास कम्पनी र ग्रामीण आवास कम्पनीको समयमा स्थापित संगठनात्मक संरचना र शासकिय स्वरुप तथा कार्यप्रणालीको निरन्तरता जिम्मेवार रहेको प्रष्ट भएको छ । यसर्थ आवास विकासका क्षेत्रमा प्रमुख र विश्वसनिय कम्पनीको रुपमा स्थापित हुनकालागि कम्पनीको कार्यप्रणालीमा व्यापक सुधार र परिवर्तन आवश्यक छ । राष्ट्रिय आवास कम्पनी आवास विकासका क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा स्थापित कम्पनी भएका कारण व्यवसाय विकास तथा प्रवर्धनकाक्रममा आफ्नो कार्यप्रणाली सेवामध्रलक तथा नाफमध्रलक दुवैको संयोजनमा विकसित गर्नु आवश्यक रहन्छ । आयआर्जन र नाफामध्रलक कार्यवाट वित्तिय आत्मर्निभरता प्राप्त गर्नुका साथै आर्थिकरुपले विपन्नवर्गका लागि सेवाप्रदायकको भध्रमिका व्यवसाय विकासका क्रममा कम्पनीको निर्दिष्ट सिद्धान्त हुनु आवश्यक रहन्छ ।

ख) देशमा विद्यमान आवास विकास तथा आवासको माग र आपध्रर्तिको विश्लेषणले प्रष्टरुपमा शहरी र ग्रामीण दुवैक्षेत्रमा आवासको आपध्रर्ति आवश्यकता भन्दा न्यध्रनरहेकोे स्पष्ट भएको  छ। यसमा पनि शहरी र ग्रामिण क्षेत्रमा गरिव र विपन्नवर्गको आवास आवश्यकता कुनै पनि दृष्टिले सन्तोषजनक नरहेको अवस्था छ । यसै विश्लेषणलाई आधार वनाई देशको समग्र आवास विकासको आवश्यकतामा सहयोगी भध्रमिका निर्वाह गर्न निम्न ६ वटा कार्यक्षेत्रहरुमा कार्यक्रम विस्तारगरि कम्पनीले क्रमिक रुपमा आफ्नो व्यवसायिक संलग्नता बढाउनु उपयोग हुने निस्कर्ष निकालिएको छ :-
 
१। ग्रामिण तथा साना बजार क्षेत्रमा आवासका लागि घडेरी विकासमा  कम्पनीको हालको संलग्नतामा निरन्तरता
२। शहरीक्षेत्रमा योजनावद्ध र सुविधा सम्पन्न घडेरी विकासमा कम्पनीको संलग्नताको क्रमिक विस्तार
३। ग्रामीण तथा शहरक्षेत्रका गरिब, विपन्न तथा सिमान्तकृत वर्गकालागि कम लागतको आवस निर्माण तथा वितरण
४। ठुला विकास परियोजनाको निर्माणका क्रममा विस्थापित परिवाहरुको पुनस्र्थापना
५। काठमाण्डौं लगायत अन्य शहरीक्षेत्रहरुमा कार्यरत् कर्मचारीहरुका लागि उपयुक्त आवसको निर्माण तथा आपुर्ती
६। शहरीक्षेत्रका मध्यम तथा निम्नमध्यम आयवर्गका परिवारहरुको लागि बहालको आवास सुविधाको निर्माण

ग)  राष्ट्रिय आवास कम्पनीको सम्पत्ती मुल्यांकनका क्रममा गरिएको विश्लेषणले कम्पनीको मातहतको उत्पादनशिल सम्पत्तिको मध्रल्य चलनचल्तीको दर रेटमा रु २,५८,५६,६७,४२४।–  (दुई अर्ब अन्ठाउन करोड छपन्न लाख सतसठ्ठी हजार चार साय चौविस) वरावरको हुने र कम्पनीको मातहतमा विभिन्न स्थानमा  रहेको टुक्रटाक्री, दर्ता नभएको र अतिक्रमणमा परेको हालका लागि अनुत्पादनशिल जग्गालाई पनि सम्पत्ति मुल्याकंनमा समावेश गर्ने हो भने कम्पनीको कुल सम्पत्तिको मुल्य रु ३,५३,०७,१३,६१८।– (तीनअर्ब तीर्पन्न करोड सातलाख ते¥हहजार छ सय अठार) वरावरको हुने अनुमान गरिएको छ । यसवाट कम्पनीको मातहतमा रहेको भौतिक सम्पत्तीको परिचालन     कम्पनीको व्यवसाय विकास तथा विस्तारमा महत्वपुध्रर्ण स्रोत हुने स्थापित हुन्छ । सम्पत्ती मध्रल्याकनका क्रममा भौतिक सम्पत्तिको स्थानिय वासिन्दा तथा सामाजिक संघसंस्थाको हालको अवस्थामा भैरहेको अतिक्रमणबाट सुरक्षा तथा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कार्यप्रणालीको कार्यन्वयन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

घ) राष्ट्रिय आवास कम्पनीको हालको संगठनात्मक संरचना तथा शासकिय स्वरुप विगतको निरन्तरताका रुपमा रहेकाकारण यसले कार्यप्रणालीमा नविनताकासाथै व्यवसाय अभिवृद्धिका लागि अत्यावश्यक निर्णय प्रक्रियामा संगठनात्मक संरचना वाधक भैरहेको स्पष्ट भएको छ । कम्पनीको व्यवसायिक संलग्नतालाई क्रमिकरुपले बढाउदै वित्तिय आत्मनिर्भरता प्राप्त गर्नुकासाथै व्यवसाय अभिबृद्धिमा नविनता ल्याउन हालको संस्थागत् संरचनामा परिवर्तन ल्याउनु आवश्यक रहेको निष्कर्षका आधारमा हालको सगठनात्मक स्वरुपमा योजना तथा कार्यक्रम विकास महाशाखा, व्यावशाय प्रवर्धन महाशाखा र प्रशासन महाशाखा गरि तिन महाशाखाहरु स्थापित हुनुपर्ने प्रस्ताव गरिएको छ । संगठनात्मक संरचनामा उक्त परिवर्तनका साथै संस्थाको शासकिय स्वरुपमा पनि परिवर्तनको आवश्यकताको निष्कर्ष बमोजिम संस्थाको व्यवस्थापन बोर्डको अध्यक्षता शहरी विकास मन्त्रालयका बहालवाला सहसचिवबाट हुने र प्रमुख व्यवस्थापककारुपमा महाप्रवन्धकको नियुक्ति योग्यता तथा कार्यक्षमताका आधारमा प्रतिस्पर्धात्मक परिक्षाबाट हुनुपर्ने प्रस्ताव गरिएको छ ।

ङ) राष्ट्रिय आवास कम्पनीको हालको जनशक्तिको कार्यक्षमताको विश्लेषणले हालको जनशक्ति संख्यात्मक र गुणात्मक दुवैपक्षले न्यध्रन रहेको स्पष्ट भएको छ । हालको जनशक्तिको कार्यक्षमताको न्यध्रनता माथिल्लो निर्णय र व्यवस्थापकिय तहहरुमा स्पष्ट रुपले देखिएको छ भने कम्पनीमा कार्यरत     प्राविधिक कर्मचारीहरुको संख्या पनि निकै न्यध्रनरहेको स्पष्ट छ । हाल कम्पनीमा प्राविधिक र प्रशासनिक गरि ११४ कर्मचारीको दरवन्दीको व्यवस्था भएपनि ७७ पदहरुमा मात्र पदपुर्तिभै ३७ पदहरुमा पदपुर्ति हुन बाँकी रहेको अवस्था छ । यसकासाथै कम्पनीमा धेरैजसो कर्मचारीहरु अस्थायी र करारसेवामा कार्यरतरहेको पनि जनशक्तिको विश्लेषणबाट स्पष्ट भएको छ । जनशक्तिको यो अवस्था कम्पनीको व्यवसाय अभिवृद्धिकालागि उपयुक्त नरहेको हालको सन्दर्भमा संख्यात्मक तथा गुणात्मक दुवैरुपले जनशक्तिको कार्यक्षमता वढाउनुपर्ने निष्कर्ष अनुरुप छोटो अवधि (५ बर्ष ), मध्यम अवधि   (१० बर्ष ) र लामो अवधि (२० बर्ष) का लागि जनशक्तिको आवश्यकता पहिचान गरिएको छ । यस अनुरुप कम्पनीको केन्द्रिय कार्यालयमा छोटो अवधीमा प्रशासनिक र प्राविधिकगरि जम्मा ३८ कर्मचारीहरु, मध्यम अवधिमा ६६ जना कर्मचारीहरु र लामो अवधिमा ८० जना कर्मचारीहरुको आवश्यकता पहिचान भएको छ ।

च) कम्पनीको संस्थागत् विकास र व्यवसायिक कार्यदिशा सुनिश्चित गर्नेहेतुले संस्थाको विकासको लक्ष्य ९खष्कष्यल ०, कार्यदिशा ९mष्ककष्यल० र उद्देश्य    ९यदवभअतष्खभ० परिभाषित गरि व्यवसायिक कार्ययोजनामा संस्थागत विकासको आधारका रुपमा समावेश गरिएको छ। संस्थागत् विकासको विभिन्न चरणमा संस्थागत् विकासको परिदृष्य र लक्ष्य स्थापित गरि छोटो (५ बर्ष ), मध्यम (१० बर्ष) र लामो (२० बर्ष ) को अवधिमा सम्पन्न गर्नुपर्ने संस्थागत् सुधारका कार्यहरुको पहिचान गरिएको छ । छोटो अवधिमा सम्पन्न गर्नुपर्ने संस्थागत् सुधारमा संस्थाको संरचना र शासकिय स्वरुपमा परिवर्तनकासाथै कम्पनीको भौतिक, वित्तिय तथा मानविय स्रोत तथा साधनहरको परिचालन र संयोजन ९ऋयलकयष्मिबतष्यल० कम्पनीको लक्ष्य हुने पहिचान गरिएको छ । यसैगरि मध्यम अवधिमा सम्पन्न गर्नुपर्ने संंस्थागत् विकासको कार्य अन्तरगत संस्थाभित्र योजना तथा व्यवस्थापकिय कार्यक्षमता विकासगरि कम्पनीको कार्यक्षेत्र र कार्यशैलीमा नविनता ल्याउनु रहेको छ । लामो अवधिको संस्थागत् विकासमा कम्पनीको उपस्थिती तथा व्यावसायिक संलग्नता देशका अन्य भागहरुमा क्रमिकरुपले वढाउँदै सरकारी क्षेत्रको विश्वसनिय कम्पनीका रुपमा स्थापित गर्नुरहेको छ । यस क्रममा संंस्थागत विकासको अवधारणा संस्थामा क्रियाशिल सवै व्यक्ति र समध्रहको सामुहिक प्रयासबाट स्थापित हुनुपर्ने मान्यता अनुरुप संस्थागत विकासको लक्ष्य, कार्यदिशा र उद्देश्य कम्पनीमा संलग्न सबै कर्मचारीहरुको सहकार्यमा कार्यशाला गोष्ठीको आयोजना गरि पहिचानगर्ने कार्य र्गिरएको थियोे ।

छ) क्रमिकरुपले दिगो संस्थागत् विकास र वित्तिय आत्मनिर्भरता प्राप्त गर्ने    उद्देश्यले कम्पनीको व्यवसाय विकासको प्रक्रियामा निम्न चार तत्वहरु समावेश हुनुपर्ने निष्कर्ष सहित तिनलाई हालको र भविष्यको व्यवसायिक संलग्नताको पहिचान र विस्तारमा निर्देशक सिद्धान्तका रुपमा अवलम्बन गर्नुपर्ने स्वीकार गरियो :-
 
१। अनुभव र कार्यक्षमता स्थापित भैसकेका र लगानीको जोखिम कम रहेका व्यवसायिक संलग्नताबाट संस्थाको व्यवसाय विकासको प्रक्रिया प्रारम्भ गर्नु
२। व्यवसायिक संलग्नता क्रमिकरुपले बढि जोखिम र योजना तथा कार्यान्वयनमा जटिलता भएका क्षेत्रहरुमा वढाउदै लैजानु
३। व्यवसाय विकासका क्रममा प्राप्त अनुभव र ज्ञानलाई भविष्यका कार्ययोजनाहरुमा समावेश गर्दे लैजानु, र कम्पनीको व्यावसायिक संलग्नता ग्रामिण तथा शहरी दुवैक्षेत्रमा भएपनि ग्रामिण क्षेत्रमा व्यवसायिक संलग्नतालाई क्रमिरुपले घटाउदै शहरीक्षेत्रमा लगानी र संलग्नता बढाउदै लैजानु । ग्रामीण र शहरीक्षेत्रमा व्यवसायिक संलग्नताको आधार अनुरुप संस्थाको ग्रामिण र शहरीक्षेत्रको व्यवसायमा लगानीको अनपात छोटो अवधीमा ७०ः३०, मध्यमअवधिमा ५०ः५० र लामो अवधिमा ३०ः७० हुनुपर्ने निष्कर्ष निकालियो ।

ज) व्यवसाय विसतारका लागि बुँदा (ख) मा पहिचान भएका व्यवसायिक संलग्नताका क्षेत्रहरुमा संस्थाको वाािर्षक लगानी ति क्षेत्रहरुमा कम्पनीको क्षमताको आधारमा क्रमिकरुपले वढाउँदै लैजाने निष्कर्षअनुरुप व्यवसाय विकासमा संस्थाको वार्षिक लगानी छोटो अवधिमा रु ४३ करोड ४५ लाख प्रति वर्ष, मध्यम अवधिमा रु १ अर्व ३० करोड २५ लाख प्रतिवर्ष र लामो अवधिमा रु २ अर्ब ५१ करोड ५० लाख प्रतिवर्ष हुनुपर्ने अनुमान गरिएको छ ।

५.३  सिफारिसहरु
राष्ट्रिय आवास कम्पनीको संस्थागत् विकास, व्यवाियिक संलग्नता र लगानी र वित्तिय आत्मनिर्भरतामा अपेक्षित सफलताकालागि व्यवसायिक कार्ययोजना कार्यान्वयनसँग सम्वन्धित विभिन्न पक्षहरुमा निम्नानुसारका सिफारिसहरु गरिएका छन् :-

क) कम्पनीको संस्थागत संरचना र शासकिय स्वरुपमा परिवर्तन संस्थागत् विकासको पध्रर्वसर्तहुने परिप्रेक्षमा यथासम्भव छोटो समयमा प्रस्तावित संगठनात्मक संरचना र शासकियस्वरुपलाई संस्थागत् गर्नुपर्ने सिफारिस गरिन्छ । यस सम्वन्धमा कम्पनीको योजनातर्जुमा र अनुगमनमा यथासम्भव चाँडो शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभाग सँग कार्यगत् सम्वन्ध स्थापित गर्नु उपयुक्त हुने सिफारिस गरिन्छ । यसैगरि प्रस्तावित व्यवसायिक कार्ययोजनाको कार्यान्वयनबाट कम्पनीको व्यवसाय विकास चरणवद्धरुपमा अगाडि वढाउन महाप्रवन्धकको भध्रमिका महत्वपध्रर्ण हुने     स्पष्ट भएकोले यथासम्भव छोटो समयमा प्रतियोगात्मक छनौटको प्रक्रियाबाट प्रस्तावित योग्यता तथा कार्यक्षमता भएको महाप्रवन्धकको नियुक्ति आवश्यक रहन्छ ।

ख) संस्थाको जनशक्तिको विश्लेषणबाट हालको जनशक्तिको संख्या र योग्यता हालको र भविष्यको व्यवसाय विकासकालागि अपुगहुने सन्दर्भमा हाल कम्पनीको माथिल्लो   (तह ८ र माथि ) निर्णय र व्यवस्थापकिय तहमा आवश्यक कर्मचारीहरुको नियुक्ति यथासम्भव चाँडैगर्दै जनशतिm विकासको प्रस्तावित अवधारणअनुरुप क्रमिकरुपले कर्मचारी दरवन्दी कार्यान्वयन गर्न सिफारिस गरिन्छ। कर्मचारी नियुक्तिका साथसाथै हाल कार्यरत कर्मचारीहरको कार्यक्षमता वढाउने उद्देश्यले कमप्युटरको प्रयोग, सम्पत्ति व्यवस्थापन र कार्ययोजना तथा व्यवस्थापनका क्षेत्रमा तालिम कार्यक्रमहरुको आयोजनागरि कर्मचारीहरुको कार्यक्षमता विस्तारगर्न सिफारिस गरिन्छ ।

ग) राष्ट्रिय आवास कम्पनी लाई नेपाल सरकार र सार्वजनिकक्षेत्रको संयुक्त लगानीमा सन्चालित कम्पनीकोरुपमा स्थापित गर्ने सोचअनुरुप कम्पनीको चालुपुँजीमा नेपाल सरकारको ५२५ र निजीक्षेत्रको ४८५ हिस्सेदारी कायम गर्ने उद्देश्यले निजीक्षेत्रलाई शेयर जारीगर्ने प्रावधान स्वागतयोग्य भएपनि शेयर जारी गनुअघि कम्पनीको वित्तिय स्थिती र दायित्वको यथार्थपरक विश्लेषण हुनु आवश्यक हुन्छ । यो कार्य निजिक्षेत्रको लगानी आकर्षित गर्नका लागि वित्तबजारमा कम्पनीको विश्वसनियताको आधार हुने सन्दर्भमा यथासम्भव चाँडो सम्पन्न गर्न सिफारिस गरिन्छ ।

घ) कम्पनीको मातहतमा देशको विभिन्न भागहरुमा रहेको जमिन लगायतको भौतिक सम्पत्ति त्यहाँका वासिन्दाहरुबाट अतिक्रमित भैरहेको अवस्थाको साथै पध्रर्ववर्ति संस्थाहरुबाट तिनको विघटन तथा संयोजनबाट प्राप्त टुक्राटाक्री जमिन दर्ता हुन बाँकीरहेको हालको अवस्थामा मातहतमा रहेको भौतकि सम्पत्तिको सुरक्षा र व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गर्न सिफारिस गरिन्छ। यसका साथै हाल अतिक्रमणमारहेको जग्गा कम्पनीका लागि अनुपयोगी र दायित्व वढाउने सम्पत्तिका रुपमारहेकोले यस्ता अनुत्पादनशिल सम्पत्तिको यथासम्भव छोटो समयमा व्यवस्थापन गरि कम्पनीको दायित्व घटाउन सिफारिस गरिन्छ ।

ङ) राष्ट्रिय आवास कम्पनीको हालको कार्यक्षमता आवासका लागि घडेरी विकासको क्षेत्रमा स्थापित भैसकेको सन्दर्भमा व्यवसाय विकास र     विस्तारकाक्रममा यसक्षेत्रमा कम्पनीको संलग्नता लगानीको जोखिम कम भएको क्षेत्र रहन्छ। यसर्थ व्यावसाय विस्तारकाक्रममा कम्पनीको व्यवसाय विकासमा लगानी सुविधायुक्त घडेरीको माग वढदोक्रममा रहका शहरी, ग्रामिण तथा साना बजार क्षेत्रबाट प्रारम्भ गर्नु उपयोगी हुने सिफारिस गरिन्छ ।